| ५ जेष्ठ २०८०, शुक्रबार ०५:२२
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद भवन नयाँबानेश्वरमा भेटवार्ता भएको हो ।
प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ । सोही विषयमा उनीहरुबीच छलफल भएको हो ।संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्नेछन् ।