☰ open Loading... 5 February 2025|  

विद्यार्थी विद्यालयमा पानी बोक्न बाध्य
  | २८ जेष्ठ २०८०, आईतवार ०५:१९

यामराज बिष्ट दैलेख– नारायण नगरपालिका– ३ कालिमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पिउने पानीको अभाव भएको छ । विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीहरु विद्यालय नजिकै रहेको खोल्सीमा पुगेर पानी बोक्न बाध्य भएका हुन् ।

विद्यालयमा नजिकैको धारामा खानेपानी नआउँदा विद्यार्थी पानी खोज्दै भौतारिने गरेको विद्यार्थी बताउँछन् । पढाइभन्दा पनि पानीको प्यास मेटाउनकै लागि पिरलो हुने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । तिर्खा लाग्दा समेत समयमै पानी पिउन नपाउँदा विद्यार्थीहरुको पढाइमा समेत असर पुगिरहेको विद्यार्थीले बताएका छन् ।

खानेपानीको लागि  वडा /नगर सरकारलाई खानेपानी समस्या समाधान गर्न आग्रह गरेको विद्यालयका प्रधनाध्यापक रंगनाथ खनालले बताए।विद्यालयका कर्मचारी बाहिर गएकाले विद्यार्थीको पालो अनुसार पहिले देखि पानी बोक्न बाध्य भएको उनले बताए । खानेपानीकोअभाव हुँदा विद्यार्थीको पढाई प्रभावित हुनुका साथै शौचालय पनि दुर्गन्धित भएको विद्यालयका प्रधानाध्यापक खनालले बताए ।घरबाट ल्याएको पानी सकिएपछि विद्यार्थीहरु पानीको अभाव भएपछि विद्यार्थीहरु पानी बोक्न बाध्य छन् ।