☰ open Loading... 26 July 2024|  

सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग
  | ३ असार २०८०, आईतवार ०५:५३

 

दैलेख- शनिबार तथा सार्वजनिक विदाका दिन सरकारी गाडी कुदाउँन नपाउँने प्रावधान छ । कार्यालय प्रयोजनमा कुदाउनै पर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर, देलेखमा भने यो नियमको पालना भएको छैन ।दैलेखका विभिन्न ठाउँमा सरकारी सवारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । दैलेखमा रहेका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरू तथा स्थानीय जनप्रतिनिधिले प्रयोग गर्दै आइरहेका मोटरसाइकलदेखि जिपसम्मका सरकारी सवारी साधनको चरम दुरुपयोग भएको पाइएको हो ।

बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि चलाए पनि पास लिनु पर्ने प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए । उनका अनुसार नियम उल्लघंन गरि सरकारी गाडी चलाउने कार्यालयलाई कार्वाही गरिने बताए ।

 

कतिपय कर्मचारी र जनप्रतिनिधिले मोटरसाइकल घरमै राख्ने गरेका छन् । बिदाका दिन पनि निर्वाध रूपमा व्यक्तिगत काममा सरकारी साधन गुडाइरहेको देख्न सकिन्छ ।  शनिबार तथा सार्वजनिक विदाका दिन जिल्ला प्रशासन कार्यालय बाट अनुमति लिएर मात्रै सरकारी सवारी साधन सञ्चालन गर्नुपर्ने नियम छ । तर, यहाँका कर्मचारी तथा जनप्रतिनिधिले सार्वजनिक बिदाको दिन समेत व्यक्तिगत कामकाजका लागि सरकारी सवारी साधनको प्रयोग गरिरहेका छन् । यसका साथै दुई जना क्षमता भएका मोटरसाइकलमा ३ जना बोक्ने तथा जीप वा बोलेरोमा समेत व्यक्तिगत तथा पारिवारिक कामकाजका लागि प्रयोग भएको पाइएको छ ।