दैलेख – दैलेखको गुराँस गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।१२ औँ गाउँ सभाको पहिलो बैठकमा शुक्रवार गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
पालिकाको गाउँपालिकाले एक वडा एक उद्योगको नीति अघि सारेको छ ।यो कार्यक्रम कार्यान्वयन भए गाउँपालिकाका ८ वटै वडामा उद्योग स्थापना हुनेछ ।गाउँपालिका भित्र रहेका सम्भावित पर्यटकीय गन्तव्य स्थलहरुको पहिचान, विकास, प्रचारप्रसार गरी आन्तरिक पर्यटनलाई बढवा दिइने अध्यक्ष बिसीले बताए।
गाउँपालिकास्थित घोडाबासमा रहेको टिस्युकल्चर आलु मुल बिउ उत्पादनलाई गुराँस कृषि विकास तालिम केन्द्रको रुपमा विकास तथा थप प्रभावकारी बनाउने गाउँपालिकाले जनाएको छ । एक घर एक बगैचाँ, कृषक प्रोत्साहन कार्यक्रमलाई नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले अघि सारेको छ ।


आयमुलक वन, गुराँसको धनू अन्तर्गत सबै सामुदायिक वनमा टिमुर, काउलो, तेजपत्ता, रिठ्ठा, नास्पति, काफल, आरुबखडा, बाँस, अम्म्रिसो, ओखरलगायतका आयमुलक वनजन्य वनस्तपती सहित बृहत वन बगैचा निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।



