☰ open Loading... 25 November 2024|  

करणी मुद्दामा सिद्धबाबालाई सफाइ
पश्चिम नेपाल   | २७ भाद्र २०८०, बुधबार २०:२०

जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ ।

बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।

विवादापद धर्मगुरु गिरीमाथि चतरास्थित आश्रममा काठमाडौंबाट आएकी महिला अनुयायीमाथि २०७६ कात्तिक ३ गते करणी गरेको आरोप थियो । २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् ।