☰ open Loading... 18 May 2024|  

आज हल्का देखि मध्यम वर्षाको सम्भावना
पश्चिम नेपाल   | ११ आश्विन २०८०, बिहीबार ०७:०८

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र देशका बाँकी भू भागको एक दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।