☰ open Loading... 11 December 2023|  

चार जिल्लाका सिडिओ फेरिए
पश्चिम नेपाल   | २६ आश्विन २०८०, शुक्रबार ०९:३९

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।

मंगलबार गृह मन्त्रालयले सिडिओको सरूवा एवं पदस्थापन गरेको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाका सिडिओ कोमलप्रसाद धमालको सरूवा भएको छ। उनको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरूवा भएको हो।

सर्लाहीका इन्द्रदेव यादवको इलाममा सरूवा भएको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेका सिडिओ एवं सहसचिव विपीन आचार्यको गृहमन्त्रालयमा सरूवा भएको हो। इलाममा रहेका श्रवणकुमार पोखरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरूवा भएको हो ।

गृह मन्त्रालयमा रहेका टुवराज पोखरेलको जिल्ला प्रशासन कार्यालय दोलखामा पदस्थापन भएको हो।