☰ open Loading... 18 May 2024|  

अञ्जनले बराबरी गरे हरि र निराजनको कीर्तिमान
पश्चिम नेपाल   | २५ आश्विन २०८०, बिहीबार २०:२८

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका छन् ।

फिफा विश्वकप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा गोल गर्दै अञ्जनले हरि र निराजनको नाममा रहेको १३ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् । अञ्जनकै गोलको मद्दतमा नेपालले लाओससँग १-१ को बराबरी खेलेको छ ।

सुरुमा हरिले १३ गोल गरेका थिए । पछि निराजनले २००८ मा यो कीर्तिमान बराबरी गरे । त्यसको १५ वर्षपछि अञ्जनले यो कीर्तिमान बराबरी गरेका हुन् ।

कीर्तिमान बराबरी गको र अब हरि र निराजनको नाममा रहेको कीर्तिमान तोड्नबाट एक गोल मात्र टाढा रहेका अञ्जनले आफूले कीर्तिमानका लागि नखेलेको बताए । उनले भने, ‘मैंले हरेक पटक भन्ने गरेको छु, म कीर्तिमानका लागि खेल्दिनँ’, उनले भने, ‘म टिमलाई जिताउन खेल्छु, टिमको जितका लागि खेल्छु, टिमले जितेपछि स्कोर त आफैं भइहाल्छ ।’