☰ open Loading... 18 May 2024|  

साढे १६ लाखको सामान बरामद
पश्चिम नेपाल   | २७ आश्विन २०८०, शनिबार १२:२७

बाँकेको विभिन्न स्थानबाट सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण तथा गण मातहत युनिटले करीव १६ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान बरामद गरेको छ ।

सोही जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट असोज २५ गते भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव १० लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरिएको हो ।

यसैगरी नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट असोज २५ गते करीव ४ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ ।

भारतबाट अवैध रुपले अटो रिक्सामा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा, किराना सामान र सुर्तीजन्य पदार्थ नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।

त्यस्तै सोही जिल्लाको नेपालगंज उपमहानगरपालिका १४ पिप्रहवाबाट असोज २५ गते करीव १ लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।

भारतबाट अवैध रुपले २ वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको लत्ताकपडा नं. ३० बागेश्वरी गण बाँकेले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाहमा बुझाईएको सशस्त्र प्रहरिले जनाएको छ ।