☰ open Loading... 18 May 2024|  

यही गठबन्धनलाई निरन्तरता दिईने
पश्चिम नेपाल   | २७ आश्विन २०८०, शनिबार १२:३२

कोसी प्रदेसमा कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्रीमा नियुक्ती भएसंगै सत्तागठबन्धनमा हलचल हुन नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ,नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली काग्रेसका नेता शेखर कोइरालाले यही गठबन्धनलाई निरन्तरता दिने बताएका छन।

आज तीन नेताले ‘हामी वर्तमान सत्तागठबन्धन प्रति दृढ र स्पष्ट छौ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौ भनि’ सयुक्त रुपमा हस्ताक्षर गरेका छन ।

यस अघि कोसी प्रदेशमा नेपाली काग्रेसको सस्थापन पक्षले माओवादीलाई मुख्य मन्त्रीमा समर्थन गरेपछि शेखर पक्षका ८ सांसदले एमालेसंग सहकार्य गरेर केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि सत्तागठबन्धनमा हलचल मच्चीएको थियो । आज शेखर पक्षका केदार कार्की कोसी प्रदेसको मुख्यमन्त्रीमा नियुक्त भएका छन ।