☰ open Loading... 7 September 2024|  

टी–२० विश्वकप छनोट : फाइनलमा ओमानसँग बदला लिने नेपाललाई मौका
पश्चिम नेपाल   | १९ कार्तिक २०८०, आईतवार ०८:०५

टी-२० विश्वकप छनौटको एसिया क्षेत्रको फाइनलमा आज नेपाल र ओमानबीच भिडन्त हुँदैछ । टियु क्रिकेट मैदानमा यो खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।यसअघि समूह चरणको अन्तिम खेलमा भिडेका नेपाल र ओमान फाइनलमा फेरी आमने सामने हुँदैछन् । समूह चरणको खेलमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको थियो ।

अब फाइनलमा एसिया क्षेत्रको छनौटको विजेता हुन नेपाल र ओमान भिड्दै छन् । फाइनलमा पुगेसँगै नेपाल र ओमान अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी- २० विश्वकपका लागि छनौट भइसकेका छन् । त्यसैले पनि दुवै देश बिना दबाब यो फाइनल खेल्ने छन् ।

नेपाल र ओमानबीच अहिलेसम्म ५ खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने ओमानले २ खेल जितेको छ । घरेलु मैदानमा हुने फाइनलमा नेपालले पुरा शक्ति लगाएर खेल्ने छ नेपालको लक्ष्य समूह चरणको हारको बदलासमेत लिँदै उपाधि जित्ने हुनेछ ।

युएईविरुद्धको सेमिफाइनलमा टिममा सामेल भएका दिपेन्द्रसिंह ऐरी यस खेलमा खेल्ने बारे आशंका रहेको छ । पूर्णरुपमा फिट नभएपनि दिपेन्द्रलाई टिममा समावेश गरेर युएईमाथि दबाब बनाएको थियो । तर अब नेपाल विश्वकपमा छनौट भएको अवस्थामा दिपेन्द्रलाई यस खेलमा आराम दिनु सही निर्णय हुने छ ।

नेपालको सम्भावित प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, ललित राजवंशी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहोरा ।