☰ open Loading... 24 November 2024|  

जाजरकोट भूकम्प: अहिलेसम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते
पश्चिम नेपाल   | १८ कार्तिक २०८०, शनिबार ०८:०४

जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।

त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।