☰ open Loading... 16 March 2025|  

प्रदीप पौडेलकाे नेतृत्वमा जाजरकोटमा बन्याे एक सय अस्थायी आवास
पश्चिम नेपाल   | ९ मंसिर २०८०, शनिबार १९:१९

नेपाली कांग्रेसका नेता प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा एक सय अस्थायी आवास निर्माण सम्पन्न गरी राजधानी फर्किएको छ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको थियो। उक्त निर्णय लगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्र पुगेको थियो।

पौडेल नेतृत्वको टोली नलगाड नगरपालिका-४ र ५ नम्बर वडामा खटिएको थियाे। टोली एक सय अस्थायी आवास निर्माण सम्पन्न गरेको नेता पौडेलले जानकारी दिए। टोलीमा नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५/६ जना इन्जिनियर समेत लगिएको उनले बताए।

उनका अनुसार अस्थाई घर-टहरा निर्माणलाई निरन्तरता दिन पार्टीले पुनः नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली पठाएको छ।