पश्चिम नेपाल | २८ पुष २०८०, शनिबार १०:०१
कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि प्रशासन तथा लेखा समूहका २४ पदमा आवेदन आह्वान गरेको हो।
खुला प्रतिस्पर्धाअन्तर्गत प्रशासन सहायकमा ४ जना, लेखा सहायकमा १ जना, लेखापाल १ जना र आन्तरिक लेखा परीक्षक १ जनाको लागि दरखास्त आह्वान गरिएको छ। यस्तै समावेशीतर्फ महिलामा प्रशासन सहायक ५ जना, लेखा सहायक १ जना र आन्तरिक लेखा परीक्षक ६ जनाका लागि दरखास्त माग भएको छ। समावेशीतर्फ नै आदिवासी जनजातिमा प्रशासन सहायक पदमा ५ जनाका लागि दरखास्त आह्वान गरिएको छ।
न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ।
हेर्नुस् सूचना :

