☰ open Loading... 17 May 2024|  

कर्णालीले औषधि उत्पादनमा पहल लिनुपर्छ : प्रधानमन्त्री दाहाल
पश्चिम नेपाल   | १६ माघ २०८०, मंगलवार ०५:१७

प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई  (सोमबार) सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्राकृतिक र जडीबुटीको अथाह स्रोतको उपयोग गर्नुपर्नेमा जोड दिए ।

जडीबुटीको प्रयोग र औषधि उत्पादनको काम अघि बढाउन पनि प्रधानमन्त्री दाहालले प्रतिष्ठानलाई निर्देशन दिए । कर्णालीको सम्भावना र योजनालाई संघीय सरकारले सघाउने प्रतिबद्धता पनि प्रधानमन्त्री दाहालले व्यक्त गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनतालाई दिएको स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको दाहालको भनाइ छ ।