☰ open Loading... 22 April 2025|  

निस्सासिएर सासू बुहारीको मृत्यु
पश्चिम नेपाल   | २२ माघ २०८०, सोमबार १६:००

डडेल्धुराको अमरगढी–१ मा आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने सासू बुहारी हुन्।

आइतवार राति एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिइन्।

उनका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरुको मृत्यु भएको खुलेको छ। बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।