☰ open Loading... 26 December 2024|  

वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै गुराँस गाँउपालिका
यामराज बिष्ट   | १ फाल्गुन २०८०, मंगलवार १९:३३

दैलेख । सामाजिक सुरक्षा भत्ता लिन सास्ती बेहोर्नुपरेको जनगुनासो बढिरहेका बेला गुराँस गाँउपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । पालिका सम्म आउन नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाँउपालिकाको वडामै पुगेर सेवा दिन थालेको हो ।

गुराँस गाँउपालिकाका वडा नं १ ,२मा रहेका लाभग्राहीलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाँउपालिका दैैलेखका प्रमुख प्रसासकीय अधिकृत दिनेश दाहालले जानकारी दिए।उनले गाँउपालिका भित्रका अन्य टाढाका वडामा पनि बितरण गरिने बताए । अशक्त, अपाङ्गता भएका नागरिक र ज्येष्ठ नागरिकलाई गाँउपालिका सम्म आँउनलाई सास्ती हुने भएकाले भत्ता वितरण कार्यलाई निरन्तरता दिएको उनले जानकारी दिए ।

वडामा पुगेर भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई बैंकको ढोकामा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको गाँउपालिका अध्यक्ष टोप बहादुर बिशीले बताए। सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै उनीहरुलाई पायक पर्ने गरी सम्बन्धित वडा कार्यालयमा नै उपस्थित गराएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको उनले बताए ।भत्ता लिन सहज होस भन्ने उद्देश्यले बैंकसँगको समन्वयमा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाँउपालिका अध्यक्ष बिशीले  जानकारी दिए।गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् ।