☰ open Loading... 17 May 2024|  

आठविस नगरपालिकामा धर्ना र तालाबन्दी हुँदै
गणेश बहादुर शाही, राकमकर्णाली   | १३ फाल्गुन २०८०, आईतवार १०:२१

दैलेखको आठबिस नगरपालिकामा आइतवार (आज) ११ बजेदेखि २ बजेसम्म धर्नासहित तालाबन्दी गरिने भएको छ । नेपाली काँग्रेसले विभिन्न माग राखेर धर्नासहित तालाबन्दीको कार्यक्रम गरिने प्रेस विज्ञप्ती मार्फत जानकारी दिईएको हो ।

पटक पटक विज्ञप्ती मार्फत नगर प्रमुखलाई ध्यानआर्कषण गर्दा समेत माग पुरा नगरेको भन्दै नेपाली काँग्रेस नगर कार्यसमितले आज धर्ना र तालाबन्दीको कार्यक्रम गर्नुपरेको विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

मागहरु पुरा नभए चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गरिने काँग्रेसका नेता डम्वर माँझीले बताए । नगरमा भएका बेथिति र काममा ढिलासुस्ती विरुद्ध आन्दोलन गर्नुपरेको भनाई छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दैलेखलाई बोधार्थ दिएर आफु आन्दोलनमा होमिएको आठविस नगर समितिका नेताहरुले बताए ।

११ बुदें मागहरु बारम्वार राख्दा समेत सुनुवाई नहुँदा बाध्य भएर धर्नादेखि तालाबन्दीसम्मको कार्यक्रम राख्नु परेको नेपाली काँग्रेस नगर कार्यसमितिका सभापति अर्जुन बहादुर शाहीले बताए ।

काँग्रेस आठविस नगर कार्य समितिले राखेको मागहरु ः
१) सामाजिक सुरक्षा तथा पोषण भत्ता प्रत्येक वडा कार्यालयमा बितरण गर्ने ब्यवस्था गर्नुपर्ने ।
२) आठबिस नगर पालिकाले सञ्चालन गरेको एम्बुलेन्स भाँडादर बजार भाँडादर भन्दा न्युन हुनुपर्ने ।
३) स्थानिय सरकारले बजेट निर्माणमा लक्षित वर्गलाई बिशेष प्राथमिकता दिनुपर्ने ।
४) आठबिस नगर पालिकाको ९ वटै वडाका सडकहरु यथाशिघ्र सफाई गरि सुचारु गर्नुपर्ने
५) भुमिहिन दलित, सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको प्रकृया छिटो गर्नुपर्ने ।
६) आठबिस नगरपालिकाभित्र रहेका स्वास्थ चौकी, सामुदायिक शहरी स्वास्थ इकाइ र वर्थिङ सेन्टरहरु नियमित रुपमा कर्मचारीको व्यवस्था गर्नुपर्ने ।
७) सम्पुर्ण सरकारी कार्यालयहरुबाट दिईने सेवा सुविधा नियमित रुपमा छिटो छरितो प्रदान गर्नुपर्ने ।
८) आठबिस नगरपालिकामा रहेका सम्पुर्ण सवारी साधनको विवरण र अवस्था जानकारी दिनुपर्ने ।
९) आठबिस नगरपालिकामा रहेका अस्थायी करार र ज्यालादारी कर्मचारीहरुको समयमा तलब भत्ता भुक्तानी गर्नुपर्ने ।
१०) आठबिस नगरपालिकाले संकलन आन्तरिक राजस्व पारदर्शी, लेखाजोखा स्पष्ट पार्नुपर्ने ।
११) आठबिस नगरपालिमाभित्र राष्ट्रिय प्रसारण लाईन छिटो विस्तार गर्न पहल गर्नुपर्ने ।