☰ open Loading... 2 May 2024|  

हाम्रो कौसी तथा करेसाबारी क्रान्तिद्धारा निःशुल्क बीउबिजन वितरण 
सोनी शर्मा/काठमाडौ।   | २६ फाल्गुन २०८०, शनिबार २१:५८

हाम्रो कौसी तथा करेसाबारी क्रान्ति अभियानले काठमाडौमा निःशुल्क बीउबिजन आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको स्वयम्भूस्थित भगवान पाउमा आयोजना गरिएको बीउ विजन आदानप्रदान कार्यक्रममा कौसी तथा करेसा खेती गर्नेहरुका लागि निःशुल्क रुपमा बीउ तथा बिरुवा वितरण गरिएको हो।

अभियानले काठमाडौ महानगरपालिकाको साथमा एक सयजनालाई बीउ तथा कौशी खेतीको क्यालेण्डर वितरण गरेको थियो भने सहभागी करिव तीन सय जनाले साटासाट गरिएको बीउबिजनबाट आफूलाई चाहिने बीउ बिजन ल्याउने लाने गरेका थिए।

यस अभियानका परिकल्पनाकार दूर्जेय चेतना यही कार्यक्रमका लागि अमेरिका बाट बीउ विजन बोकेर नेपाल आएका थिए। पौडेलले रैथाने बीउ बिजन जोगाउन तथा विषादीले पार्ने असर कम होस् भन्नका विषादी रहित जैविक प्रणालीलाई जोड दिंदै शुरू गरिएको बताए।

आफूसँग भएको बीउ अरुलाई र अरुसँग भएको आफूले लिँदा खेतीको ज्ञान समेत आदान प्रदान र एक आपसमा मित्रता भाइचारा कायम हुने भन्दै पौडेलले अभियानमा करिव असी हजार सदस्य जोडिएको बताए।

भान्साबाट निस्किने कुहिने फोहरलाई मल बनाएर खेर गएका भाँडाकुडा प्रयोगगरी कौशी तथा करेसालाई सदुपयोग गर्दा स्वस्थ खाना पाइने भएकाले अभियानमा जोडिने सदस्यको संख्या दिनानुदिन बढ्दै गएको छ।

बीउ विजन आदान प्रदान कार्यक्रममा सहभागी काठमाडौ महानगरपालिका वनस्थली १६ ढुङ्गेधाराकि निरु श्रेष्ठले ४जनाको परिवारलाई पुग्ने ७५प्रतिशत तरकारी कौशी करेसाबारीबाटै पुर्याएको बताइन्।

त्यस्तै गरी पहिला कौसीमा फूल फुलाउने ललितपुर ताल्चिखेलकि धनुलक्ष्मी सिंह पनि अहिले फूल सँगै हरिया तरकारीमा पनि आफू आत्मनिर्भर बनेको बताइन्। सामाखुशीकि संगिता घिमीरेले पाँच जनाको परिवारलाई पुग्ने तरकारी कौसी करेसालेनै धानेको बताइन्। 

बुढानिलकण्ठ २ कि शोभा शाक्य शाह प्राङ्गारिक मल प्रयोग गरेर उत्पादित तरकारी तीन जनाको परिवार र साथीभाइलाई समेत बाढ्न पुगेको बताइन्।रोग प्रतिरोधात्मक क्षमता कम हुनेलाई बजारको तरकारीमा विषादी धेरै प्रयोग हुने हुँदा आफैले विषादी रहित उत्पादनमा जोड दिंदै आफ्नो सन्तानको स्वास्थ्यलाई ध्यान दिन कौशी करेसाखेतीमा आकर्षित भएको शाहको भनाई थियो।

भर्खर कौशी खेती शुरु गरेका बुढानिलकण्ठका विद्या सुवेदीले आफूलाई चाहिएको बीउ विजन तथा बिरुवा पाएकोमा खुशी व्यक्त गर्दै फुर्सदको समयमा कौसी हराभरा बनाउने र भान्सामा स्वस्थ तरकारी उत्पादन तर्फ लाग्न आजको भेटघाटले थप प्रेरणा मिलेको बताए।

पाँच वर्षदेखि लोभलाग्दो गरी कौसीमा तरकारी फलाउदै आएकी बुढानिलकण्ठकि रञ्जना क्षेत्रीले कौसीकै तरकारीले चार जनालाई खान पुगेको भन्दै विषादी रहित तरकारी स्वस्थ जीवनको आधार रहेको बताइन्।बानेश्वर शान्तिनगरकि कौशी खेतिकी अभियन्ता शिमा उपाध्यक्षले आलु,प्याज लगायतका सुख्खा तरकारी बाहेक हरिया तरकारी किन्न छोडेको बताइन्। उपाध्यायले २०६३सालबाटै कौशीमा तरकारी फलाएर खाँदै आएको र अरूलाई समेत प्रेरणा दिँदै आएको बताइन्।

स्वास्थ्य किन्न पाइँदैन विषादी रहित खाऔ भन्दै काठमाडौ महानगरपालिकाका कृषि तथा बीउबिजन महाशाखाका कृषि सहायक पुष्कर खड्काले महानगरले आधुनिक कौशीखेती प्रणालीका लागि नमुना कौशी खेती बनाउने तयारी गरेको बताए।

घरलाई भार कम हुनेगरी र छत नचुहिने गरी कौसी खेतीको मोडल देशै भरिका कौसी खेती प्रेमिहरुका लागि महत्वपूर्ण हुने बताए।कार्यक्रममा हाम्रो कौसी र करेसाबारी क्रान्तिका एडमिन टिमले यस अभियानलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै 
हरेक घर सँग जोडेर स्वस्थ जिन्दगीको सुरुवातका लागि कौसी करेसाको विषादीरहित तरकारी उपभोग गर्न प्रेरित गर्नुपर्ने बताएका थिए।