☰ open Loading... 3 May 2024|  

प्रमुख प्रशासकीय अधिकृतमाथि जनप्रतिनिधिबाटै हातपात
पश्चिम नेपाल   | १ चैत्र २०८०, बिहीबार २०:१९

डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै हातपात गरिएको छ । बिहीबार नगरपालिकाको बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको नगरपालिकाका प्रमुख भरत बढाएर जोशीले जानकारी दिए ।

प्रमुख जोशीका अनुसार हातपात र कुटपिटका कारण प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा चोट लागेको छ । अधिकृत जोशीमाथि नगरपालिकाका उपमेयर विमलाकुमारी बोहोरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी, वडा नम्बर १ का अध्यक्ष लालबहादुर धामी लगायतको समूहले ज्यान मार्ने उद्देश्यले सुनियोजित हमला गरी गम्भीर घाइते बनाएको परशुराम नगरपालिकाका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डडेलधुरा प्रहरीका अनुसार कार्यपालिका बैठकमा शिक्षा शाखा प्रमुख, उपप्रमुख लगायतबिच विवाद भएको थियो । शिक्षा शाखा प्रमुखबाट आफ्नो स्वार्थपूर्ति नभएका कारण यसअघि पनि पटक–पटक हातपातको प्रयास भएको कर्मचारीहरूको भनाइ छ ।