☰ open Loading... 14 April 2024|  

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य
पश्चिम नेपाल   | ४ चैत्र २०८०, आईतवार ०५:२५

नेपाली बजारमा आज सुन मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ थियो। त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला एक लाख २४ हजार आठ सय रुपैयाँ कायम भएको छ।

बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ थियो। बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय १५ रुपैयाँ कायम भएको छ।