☰ open Loading... 18 May 2024|  

एमाले सुर्खेतमा देवकोटा र विसी प्यानल चुनावी मैदानमा
पश्चिम नेपाल   | १० चैत्र २०८०, शनिबार २१:०८

नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि सहमतिको प्रयास असफल छ । सहमतिको प्रयास असफल भएपछि नेताहरु दुई गुट बनाएर चुनावी मैदानमा उत्र्रिएका छन् । जसमा एमाले स्थायी समिति सदस्य यामलाल कँडेल समूहबाट अध्यक्षमा कुलमणि देवकोटा, उपाध्यक्षमा मोहनसिंह बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव महिलाबाट सुशील विश्वकर्माले चुनामी मैदानमा छन् । देवकोटा हालका जिल्ला कमिटी उपाध्यक्ष हुन् भने बडुवाल नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमा फर्किएका नेता हुन् । त्यस्तै तिवारी वीरेन्द्रनगर नगरकमिटीको इन्चार्ज हन् ।

अध्यक्षमा अमृतबहादुर विसी, उपाध्यक्ष ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा उप–सचिवद्वयमा भने खुलातर्फ हरि अधिकारी र तृप्ती विश्वकर्मा चुनावी मैदानमा छन्। विसी हाल जिल्ला कमिटी अध्यक्ष हुन्, शर्मा आठौँ जिल्ला अधिवेशनमा अध्यक्षमा विसीकै प्रत्यासी भिडेका थिए ।

एमाले सुर्खेतको राजनीति स्थायी समिति सदस्य कँडेल समूहकै वरिपरी हुन्छ । गृह जिल्लामा उनको राम्रो पकट छ । तर अर्काे स्थायी समिति सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज समूहले भने कँडेल पक्षले एकलौटी पेलेर जिल्ला कमिटी कब्जा गर्न थालेपछि निर्वाचनमा जानु परेको आरोप लगाएको छ । तर कँडेल समूहले भने बोगटी समूहलाई सचिव सहित २० प्रतिशत सदस्य दिन खोजेपनि नमानेपछि निर्वाचनमा जानु परेको जनाएको छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत भाेली बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म, मतगणना मतदान सम्पन्न भए पश्चाप गरिने निर्वाचन कमिटीले जनाएको छ ।