☰ open Loading... 24 October 2024|  

कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिए
पश्चिम नेपाल   | १३ चैत्र २०८०, मंगलवार ०५:१६

कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा भेटिएका छन् । पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार उनी मृत भेटिएका छन् । बेलौरी स्थायी घर भए पनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए ।