☰ open Loading... 22 May 2024|  

जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु
पश्चिम नेपाल   | २७ चैत्र २०८०, मंगलवार ११:३१

भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। उत्तराखण्डस्थित नैनीतालमा यात्रुबाहक जिप बेतालघाट क्षेत्रमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।

प्रहरीका अनुसार जिपमा ११ जना सवार थिए। घाइते तीनै जनालाई अस्पताल भर्ना गरिएको छ।