☰ open Loading... 2 May 2024|  

प्रहरीले बन्द गर्‍यो सिंहदरबार क्षेत्रको सडक, यात्रुलाई सास्ती
पश्चिम नेपाल   | २७ चैत्र २०८०, मंगलवार १९:२४

सिंहदरबारअगाडिको सडकमा आवतजावत बन्द गरिएको छ। जसले गर्दा यात्रुलाई सास्ती भएको छ । गाडी ठाउँ ठाउँमा रोकिँदा यात्रुलाई हिड्नु पर्ने वाध्यता भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले मंगलबार दिउँसो सो क्षेत्रको सडकमा आवतजावत बन्द गरेको हो।

प्रहरीले माइतीघरबाट आउने सवारी साधनलाई माइतीघरमै रोकेको छ भने त्रिपुरेश्वरबाट जाने सवारीसाधनलाई त्रिपुरेश्वरमै रोकेको छ। त्रिपुरेश्वर, रत्नपार्क हुँदै सिंहदरबार जाने सडक प्रहरीले बन्द गरेको छ।