☰ open Loading... 30 April 2024|  

सहकारीपीडित आन्दोलित
पश्चिम नेपाल   | ५ बैशाख २०८१, बुधबार २०:५५

प्रदर्शनमा सहभागीले सहकारी ‘ठगी बन्द गर, दोषीलाई कारबाही गर, रगत–पसिनाको कमाइ ठगी गर्न पाइँदैन, बचत रकम फिर्ता गर’लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

उनीहरूले सहकारी ठगीका आरोपी जिबी राई पक्राउ नपर्नुको कारण माग गरे । गृहमन्त्री रवि लामिछानेबारे पनि उनीहरूले प्रश्न उठाएका छन् । सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानबाट प्रक्रिया पूरा नगरी करोडौँ रकम हिनामिना भएको फेला परेको छ ।

सहकारीमा १० हजारभन्दा बढी बचतकर्ताको एक अर्बभन्दा पनि बढी बचत हिनामिना भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।