☰ open Loading... 5 May 2024|  

डोल्पामा १ सय २० हिउँचितुवा
पश्चिम नेपाल   | ९ बैशाख २०८१, आईतवार ०८:१५

दुर्लभ मानिने हिउँचितुवा हिमाली जिल्ला डोल्पामा १२० वटा पाइएको तथ्यांक सार्वजनिक गरिएको छ ।

वन्यजन्तु सप्ताह पारेर शुक्रबार डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० गरी १२० हिउँचितुवा भेटिएको हो ।