☰ open Loading... 23 December 2024|  

अधिकांश वनमा फैलिँदै डढेलो
पश्चिम नेपाल   | १७ बैशाख २०८१, सोमबार १४:५६

नपालका अधिकांश चुरे पहाडमा वनमा डढेलो फैलिँदै गएको छ। जसले गर्दा धेरै धनजनको क्षती भएको छ । तुवालोले वातावरण नै धमिलो बनाएको छ । घर गोठहरुमा समेत वनबाट आएको आगोले क्षती पुगेको छ ।

सामुदायिक वनका उपभोक्ताले अग्निरेखा बनाएर आगो नियन्त्रणको प्रयास गरे पनि चुरेको सुख्खा तथा भिरालो भू–बनोट तथा तीब्र गतिमामा चल्ने हावाका कारण डढेलो नियन्त्रणमा लिन मुस्किल भएको स्थानीयको भनाइ छ।

चुरे गाउँपालिका ३ का डबलबहादुर शाहले डढेलोका कारण बहुमूल्य सालका बिरुवालगायत वन पैदावर नष्ट हुनुका साथै वन्यजन्तुको बासस्थानमा समेत गम्भीर असर परेको बताए।

वन कर्मचारीलाई डढेलोबारे जानकारी दिँदासमेत आगो निभाउन कुनै पहल नभएका कारण डढेलो थप फैलिँदै गएको उनको गुनासो छ।

चुरे ४ का स्थानीय प्रेमबहादुर गुरुङले उम्रिन डढेलो नियन्त्रणका लागि स्थान र भूबनोटअनुसार रणनीति बनाएर कार्यान्वयन गर्न जरूरी रहेको बताए।

डिभिजन वन कार्यालय धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले भने चुरेको भू(बनोटले गर्दा स्थानीय साधन स्रोत र पुरानै प्रविधिले डढेलो नियन्त्रण गर्न नसकिएको बताए।

गर्मीयाममा जताततै डढेलो फैलिएको र साधन स्रोतको अभावका बीच मानवीय जनशक्तिको प्रयोग गरी आगो नियन्त्रण गराउँदा बढी जोखिम हुने हुँदा सो क्षेत्रमा जान समस्या भएको उनको भनाइ छ।

वन कार्यालयले गर्मीयाममा डढेलो नियन्त्रणका लागि जिल्लास्तरीय वन डढेलो नियन्त्रण योजना तयार गरी जनचेतनामूलक क्रियाकलापमा जोड दिने गरेको भने पनि प्रभावकारी हुन नसकेको आरोप छ।

कैलालीमा झण्डै छ सय सामुदायिक वनमध्ये चुरे र मोहन्याल गाउँपालिकामा मात्रै ७० वटा सामुदायिक वन रहेका जिल्ला वन कार्यालय कैलालीले जनाएको छ।