☰ open Loading... 24 October 2024|  

सुर्खेतको बुलबुलेमा चल्यो मोटरबोट
पश्चिम नेपाल   | ३० जेष्ठ २०८१, बुधबार १९:५७

सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट चल्न थालेको छ ।

१२ वैशाखदेखि परीक्षणका रुपमा सञ्चालनमा आएको मोटरबोटको जेष्ठ २९ देखि औपचारिक शुभारम्भ भएको हो ।

मोटरबोट कम्पनी बोटेबोराका सञ्चालक विष्णु ढकालले करिब एक महिनामा पर्यटकको उल्लेख्य उपस्थितिले हौसला बढाएको बताए ।

‘मोटरबोट सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारबाट राम्रो सहयोग प्राप्त भएको छ । मोटरबोट चढ्नका लागि जुम्ला, हुम्ला, मुगुलगायतका जिल्लाबाट पनि आन्तरिक पर्यटक यहाँ आउनुभएको छ,’ उनले भने ।

उनका अनुसार गत १२ वैशाख यता ३० हजारभन्दा बढीले मोटरबोटको अनुभव लिइसकेका छन् ।

बोटेबोरा कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो ।

हाल कम्पनीले दुई वटा १० सिटे र एउटा आठ सिटे गरी तीन वटा मोटरबोट सञ्चालन गर्दै आएको छ ।

कम्पनीका अनुसार मोटरबोट चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ बच्चा साथमा भएमा दुई सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ ।