☰ open Loading... 24 October 2024|  

ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
पश्चिम नेपाल   | ७ असार २०८१, शुक्रबार ०७:५८

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१२ का २५ वर्षीय गोपाल खत्री रहेका छन् । उनको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणका लागि ढुङ्गा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ त ०००१ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो ।