☰ open Loading... 24 October 2024|  

नेपाली र भारतीय पत्रकारलाई रारामा भव्य स्वागत
पश्चिम नेपाल   | ७ असार २०८१, शुक्रबार ०८:५७

उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको सहयोग र नेपाल फोटो पत्रकार महासंघको समन्वयमा गर्मी से बिहान, चलो रारा ताल भन्ने नारा सहित भारतीय पत्रकार, पर्यटन व्यवसाय, नेपाली पत्रकार , पर्यटन व्यवसायी राराको प्रचार प्रसारका लागि टीम पुगेको छ । रारा जाँदा टीम दैलेखको श्रीस्थान क्षेत्र, नाभिस्थान, दुल्लु पुगेको थियो । दुल्लुमा दुल्लु नगर पालिकाको भव्य स्वागत गरेको थियो । दुल्लुमा उपमेयर बिना कार्कीसहित प्रमुख प्रशासकिय अधिकृत अन्य कर्मचारी, जनप्रतिनिधिले स्वागत गरेका थिए । दुल्लुबाट टोली कालीकोटमा पुगेको थियो । कालीकोटमा खाँडाचक्र नगर पालिकाका मेयर कमल बहादुर शाही, प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, प्रहरी निमित प्रमुख प्रकाश केसी, पत्रकार महासङ्घका अध्यक्ष भरत विष्ट लगायत पत्रकारको टोली लगायत समाजसेवीहरुले एक समारोहबीच स्वागत गरेका थिए । कालिकोटबाट रारा पुगेको टिमलाई पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल लगायत पत्रकारको टोलीले तालमै भव्य स्वागत गरेको छ ।