☰ open Loading... 24 October 2024|  

गण्डकी प्रदेशमा भारी वर्षाको चेतावनी
पश्चिम नेपाल   | ७ असार २०८१, शुक्रबार १५:१२

आज गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहान पनि पानी परिरहेको छ ।

महाशाखाले बिहान जारी गरेको बुलेटिनमा आज राति पनि गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख छ । भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा छ । लुम्बिनी प्रदेशका पूर्वी भागसम्म मनसुनी प्रणालीले छोएको छ । बाँकी भेगमा भने स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।