☰ open Loading... 24 October 2024|  

सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो
पश्चिम नेपाल   | ८ असार २०८१, शनिबार १३:५७

सुर्खेत–काठमाडौं चल्ने जहाजहरुले भाँडा बढाएका छन् । न्यूनतम भाँडा ५ सय रुपैँया जहाज कम्पनीहरुले बढाएका हुन् ।

सुर्खेतको भाँडा न्युनतम ६ हजार ५ सय तोकिएको थियो । तर, जहाज कम्पन्नीले ५ सय रुपैँया बढाएर ७ हजार पुगेको छ । अहिले न्युनतम भाँडादर ७ हजार रहेको जनाईएको छ ।

यसअघि बुद्धले एकाधिकार भाँडादर बनाएर मंहगो लिएको थियो भने श्री एयर आएपछि भाँडादर सस्तो बनेको थियो । न्युनतम भाँडा दर ५ सय रुपैँया बढेको बुद्ध एयर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले बताए ।

सुर्खेतमा दुई वटा बुद्ध र श्री एयरले विहान साँझ चार फलाईट गर्दै आईरहेका छन् ।