☰ open Loading... 24 October 2024|  

डोल्पामा डुबेर दुई बालिकाको मृत्यु
पश्चिम नेपाल   | ९ असार २०८१, आईतवार ०८:१५

डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर शनिवार दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोलामा सरसफाइ गर्न भनेर गएका थिए । मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए ।