☰ open Loading... 24 October 2024|  

नारायण नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक
यामराज बिष्ट   | १० असार २०८१, सोमबार १६:३७

 

दैलेख ।नारायण नगरपालिकाले १४औं नगरसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्मा आगामी आर्थिक वर्ष २०८१र८२को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नगरपालिकाले आगामी बजेटमा पालिकाको मुख्य क्षेत्रमा सि सि टिभि जडान गरिने बताए । उनले अधुरारा रहेका योजनालाई प्रथामिकतामा राखेर काम गरिने जानकारी दिए ।
नगर क्षेत्र भित्रका विद्युत ,टेलिफोन, केबुल लाईन इन्टरनेटका तारहरुलाई चरणबद्ध रुपमा भूमिगत गर्दै लैजाने कार्यलाई प्रथामिकताका साथ काम गरिने समेत उनेले  बताए ।

शिक्षा, स्वास्थ्य, सिपमुलक तालिम,खानेपानीका धाराहरु मर्मत, कृषि तथा पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राखि योजना बनाएको उनको भनाई छ ।

नारायणले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सम्पूर्ण नागरिकलाई सहज पहुँच बनाउन उत्पेरणा कार्यक्रम संचालन गरि वडामा सअजकर्ता मार्फत निरन्तरता दिइने बताएको छ ।

त्रिबेणी स्वास्थ्य चौकीलाई ५सैयाको अस्पताल संचानको लागी १जना मेडिकल अधिकृत र स्टाफ नर्सको व्यवस्था गरि सेवालाई प्रभावकारी बनाईने उनले जानकारी दिए । 

नगरपालिकाले निति तथा बजेट कार्यक्रममा कृषी,स्वास्थ्य,शिक्षा,पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको बताएको छ ।