☰ open Loading... 24 October 2024|  

पोषराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस
पश्चिम नेपाल   | १० असार २०८१, सोमबार ०९:४४

नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई बढुवा गर्न सिफारिस गरेको हो ।

पोखरेल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् । एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । उनको स्थानमा पोखरेलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।