☰ open Loading... 24 October 2024|  

चट्याङ लागेर एकजनाको मृत्यु
पश्चिम नेपाल   | १० असार २०८१, सोमबार ११:०२

बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।