☰ open Loading... 24 October 2024|  

कृषिमा लगानी वृद्धि गर्न माग
पश्चिम नेपाल   | १६ असार २०८१, आईतवार २०:०५

दैलेख–नेकपा एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले कृषि उत्पादन बढाउन आधुनिक कृषि यन्त्रको पहुँच बढाउनुका साथै सिँचाइ र मल खाद्यको उचित व्यवस्था गर्न सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी दैलेखले आयोजना गरेको पत्रकार सम्मेलनमा कृषि पैसालाई व्यवस्थित गरेर अगाडि बढाउन् सबैले सहयोग गर्नुपर्ने बताएका हुन् ।उनले दैलेखमा धान दिवसको अवसरमा रोपाई महोत्सवको सुरुवात समेत गरिएको बताए । किसानको हकहितको लागी नेकपा एमाले थुप्रै काम गर्ने पार्टी भएकाले खासगरि बर्खामा मानो रोपेर मुरि फलाउने यो सिजनमा सबै कृषि पेशा,श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन सहयोग गर्ने उनले जानकारी दिए ।उनले जिल्लाका ११ पालिकामा समस्या परेका कृषकलाई सहयोग गर्ने बताए।उनले भने रोपाईको समयमा कृषकलाई नेकपा एमाले पार्टीले सहयोग गर्ने बताए ।
यस्तै नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले नगरपालिकाले पछिल्लो समयमा थुप्रै काम गरेको बताए ।उनले नमुना नगरपालिका बनाउन आफू लागि परेको बताए ।पछिल्लो समयमा कृषि र पर्यटनमा जोड दिँदै नगरपालिकाले कामलाई क्रमिक रुपमा अगाडि बढाएको समेत बताए ।
नेकपा एमाले दैलेखको आयोजनामा असार१५धान दिवसको अवसरमा दैलेखका बिभिन्न ठाँउका खेतमा धान रोपेर रोपाइ दिवस मनाएको थियो।नेकपा एमाले जनता किसान र मजदुरको पार्टी समेत भएकोले पार्टी लाई जनता संग जोडन र कोहि पनि सानोठुलो हुदैन सबैले काम गर्नुपर्छ,कृषि नेपालको पहिचान भएकोले यस्ता खाले कार्यक्रम संञ्चालन गरि कृषका खेतमा पुगेर सयोग गर्नुपर्ने नेकपा एमाले दैलेखले जानकारी दिए।