☰ open Loading... 18 November 2025|  

दशैभर फैलियो मनसुन
पश्चिम नेपाल   | १० असार २०८१, सोमबार २२:४६

मनसुन सोमबारदेखि देशैभर फैलिएको छ।मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै पानी पार्ने मौसमी प्रणाली देशैभर विस्तार भएको बताएको हो।

नेपालमा यो वर्षको मनसुन गत जेठ २८ गते पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको थियो। मनसुन प्रवेश गरेको १५ दिनपछि सोमबार मात्र सबै प्रदेशमा पुगेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै मधेस र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ।