☰ open Loading... 24 October 2024|  

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा ६ जना घाइते
पश्चिम नेपाल   | १५ असार २०८१, शनिबार १५:२३

भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा ६ जना घाइते भएका छन् । शुक्रबार बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल-१ को छत भत्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

छतले केही ट्याक्सी र गाडी पनि थिचिएका छन् । भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडूले घाइतेहरूलाई अस्पताल पठाइएको जानकारी दिएका छन् । दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भारी वर्षाका कारण भवनको बाहिरी हिस्सा भत्किएको जनाएका छन् ।

दिल्ली मौसम विभागका अनुसार पछिल्लो समय राष्ट्रिय राजधानी क्षेत्र(एनसीआर) मा भारी वर्षा भइरहेको छ ।