☰ open Loading... 24 October 2024|  

बढ्यो सुनको मूल्य
पश्चिम नेपाल   | १८ असार २०८१, मंगलवार २१:०३

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा १०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १७ सय ९० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ कायम छ ।