☰ open Loading... 24 October 2024|  

कर्णाली प्रदेश सभाबाट बजेट पारित
पश्चिम नेपाल   | २१ असार २०८१, शुक्रबार १६:१८

केन्द्रीय सत्ता गठबन्धनमा आएको उथुलपुथलसँगै कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभामा पेश गरेको बजेट आज पारित भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सरकारले असार एक गते ३१ अर्ब ४१ करोडको बजेट ल्याएको थियो ।

कर्णाली प्रदेश सभा सभामुख नन्दा गुरुंगले बजेट सर्वसम्मतले पारित भएको घोषणा गरिन ।

त्यसअघि सदनमा मुख्यमन्त्री यामलाल कंडेलले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सबै सांसदहरुको सहयोग पाउने अपेक्षा गर्दै आगामी वर्षबाट ढंगको बजेट ल्याउने गरि थिति बसाल्न योजना आयोगलाई सक्रिय पार्ने प्रतिबद्धता जनाए ।

बजारमा योजना आफूले ल्याएको भनेर केहिले हल्ला गर्दै आइरहेको प्रति कडा टिप्पणी गर्दै मुख्यमन्त्री कंडेलले उक्त बजेट सेवाग्राहीका लागि गएको र त्यस योजनाकालागि कोहि कसै विचौलियालाई रकम दिन नपर्ने बताए ।