☰ open Loading... 24 October 2024|  

पहिरोले दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध
पश्चिम नेपाल   | २२ असार २०८१, शनिबार ११:३३

पहिरोले कर्णाली राजमार्गको अवरुद्ध भएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा राजमार्गका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको हो ।

दैलेख र कालीकोटको सिमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालीकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।