☰ open Loading... 24 October 2024|  

सुनको भाउ १ लाख ४४ हजार ४ सय पुग्यो
पश्चिम नेपाल   | २२ असार २०८१, शनिबार ११:३६

शुक्रबार सुनको भाउ तोलामा १ लाख ४४ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन गर्दै आएको छ ।

यसअघि जेठ २५ गते सुनको भाउ प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलामा १८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८७० कायम भएको छ ।