पश्चिम नेपाल | ७ मंसिर २०८१, शुक्रबार २०:३२
जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका –३ सिस्नेमा दुर्घटना हुँदा अवरुद्ध राजमार्ग खुलेको छ।
बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर सडकमा तेसीएर राजमार्ग अवरुद्ध भएको थियो।
राजमार्गमै बस ठोकिएर सडकमा तेसीएर अवरुद्ध हुँदा यातायात आवागमन रोकिएको भएपनि राति ८ बजेबाट खुलेको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोप बहादुर महताराले जानकारी दिए।
प्रहरीका अनुसार ८ जना घाइते भएका छन्। उनीहरूको उपचारका लागि सुर्खेत पठाइएको छ। बसमा ३२ जना सवार थिए।