पश्चिम नेपाल | ६ जेष्ठ २०८२, मंगलवार १८:३३
पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्तीमा मंगलबार दिउँसो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रु बाहक बस चालकले नियन्त्रण गुमाई सडकदेखि करिब २० मिटर तल बस खसेको जिल्ला प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी गराए । दुर्घटनामा घाइते भएकामध्ये १५ जनालाई प्रदेश अस्पताल दमौली, ७ जनालाई रत्नहरी अस्पताल दमौली र ३ जनालाई म्याग्दे पोलिकिल्निक थर्पुमा पठाइएको उनले बताए ।


उपचारपश्चात् ४ जनालाई डिस्चार्ज, एक जनालाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



