☰ open Loading... 21 June 2025|  

हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित
पश्चिम नेपाल   | ८ जेष्ठ २०८२, बिहीबार ०५:१८

 

दैलेख । दैलेखमा वुधवार विहान चलेको हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । वुधवार विहान करिब ३बजे तिर चलेको हावाहुरीले डुङ्गेश्वर गाउँपालिका –२ स्थीत रहेको भैरवदेवी प्राथामिक विद्यालयको तीनकोठे भवनको छाना उडाएपछि पठनपाठन प्रभावित भएको हो ।
हावाहुरीले भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक नवराज विष्टले जानकारी दिए । विद्यालयको छाना उडाउँदा करिब ७०हजार भन्दा बढीको क्षति भएको उनले बताए ।

टिनको छाना उडाउँदा पुस्तकालयका सामान, डेस्कबेन्च लगायत अन्य शैक्षिक सामग्रीमा समेत क्षेति भएको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष यमबहादुर विष्ट बताए । उनले हावाहुरीेले विद्यालयको छाना उडाएपछि यती बेला विद्यार्थीलाई कहाँ राखेर पढाउने समस्या भएको बताए ।