☰ open Loading... 20 November 2024|  

विश्व खबर

भारतको मेडिकल कलेजमा आगलागी: १० नवजात शिशुको मृत्यु, १६ गम्भीर घाइते

भारतको मेडिकल कलेजमा आगलागी: १० नवजात शिशुको मृत्यु, १६ गम्भीर घाइते

    प्रकाशित मितिः १ मंसिर २०८१, शनिबार ०८:२९
भारत, उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ। आगलागीमा १६ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबार राति ११ बजेतिर आगलागी हुँदा अस्पताल अस्तव्यस्त भएको थियो। परिवारका सदस्य र बिरामी आफ्नो ज्यान जोगाउन दौडन थालेपछि भागदौड भएको थियो। अग्नी नियन्त्रकको टोलीले घटनास्थल पुगेर ३७ बालबालिकालाई सकुशल निकालेको
पाकिस्तानको रेलवे स्टेसनमा बम विस्फोट: २६ जनाको मृत्यु

पाकिस्तानको रेलवे स्टेसनमा बम विस्फोट: २६ जनाको मृत्यु

    प्रकाशित मितिः २४ कार्तिक २०८१, शनिबार १८:३४
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा शहरस्थित मुख्य रेलवे स्टेसनमा भएको बम विस्फोटमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको छ। घटनामा ४६ सुरक्षाकर्मी र १४ सर्वसाधारण घाइते भएका छन्। शनिबार क्वेटाको सान्डेम्यान प्रादेशिक अस्पतालका प्रवक्ता वसीम बेगले घटनामा १४ सैनिक र १२ सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन्। प्रहरीको प्रारम्भिक जानकारीअनुसार मृतकको संख्या २५ भनिए पनि पछि यो संख्य
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार २०:१५
पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ । फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । ज्वालामुख
अलमोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

अलमोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १९:४४
नेपालको पश्चिमी सिमानासँग जोडिएको भारतको उत्तराखण्डमा यात्रु बहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । उत्तराखण्डको अलमोडामा पर्ने मार्चुलामा सोमबार बिहान अनियन्त्रित भएर बस भिरमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा १५ जना घाइते भएका छन् । दुर्घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुख व्यक्त गरेका छन् । ‘उत्तराखण्डको अलमोडामा भएको भीषण सडक दुर्घटनाबारे समाच
काठमाडौँमा बढ्यो वायु प्रदूषण

काठमाडौँमा बढ्यो वायु प्रदूषण

    प्रकाशित मितिः १७ कार्तिक २०८१, शनिबार ०७:५७
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ । एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौँमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत रहेको छ । चीनको बेइजिङ
भारतको एक मन्दिरमा पटाका विस्फोट हुँदा १५० जना घाइते

भारतको एक मन्दिरमा पटाका विस्फोट हुँदा १५० जना घाइते

    प्रकाशित मितिः १३ कार्तिक २०८१, मंगलवार १२:०७
भारतको केरल राज्यमा रहेको एक मन्दिरमा पटाका विस्फोट हुँदा १५० जना घाइते भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार केरलको कासरगोडमा थेय्यम पर्व मनाउने क्रममा अन्जुथम्बलम मन्दिरमा पटाखा विस्फोट हुँदा उनीहरू घाइते भएका हुन्। घाइते मध्ये ८ जनाको अवस्था गम्भीर बताइएको छ। समाचार संस्था पीटीआईका अनुसार सोमबार राति उक्त घटना भएको हो। घाइतेहरूको कासरगोड, कन्नूर र मंगलुरूस्थित अस्पतालमा उपचार भइरह
भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा

    प्रकाशित मितिः ११ कार्तिक २०८१, आईतवार २२:०२
भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो ।
नेपालमा हिउँ चितुवाको सङ्ख्या तीन सयदेखि पाँच सय

नेपालमा हिउँ चितुवाको सङ्ख्या तीन सयदेखि पाँच सय

    प्रकाशित मितिः ७ कार्तिक २०८१, बुधबार ०९:५०
हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करिब तीन सयदेखि पाँच सय र विश्वमा करिब चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । विभागका सिनियर इकोलोजिष्ट हरिभद्र आचार्यले उच्च हिमाली र कठिन भौगोलिकताका कारण हिउँ चितुवाको राष्ट्रियस्तरमा एकसाथ
लेबनान र गाजामाथि इजरायली सेनाको आक्रमण, ५० जनाको मृत्यु

लेबनान र गाजामाथि इजरायली सेनाको आक्रमण, ५० जनाको मृत्यु

    प्रकाशित मितिः २९ आश्विन २०८१, मंगलवार ०९:२४
इजरायली सेनाले उत्तरी लेबनानमा गरेको आक्रमणमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उत्तरी लेबनानमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी ८ जना घाइते भएका छन्। लेबनानले गरेको आक्रमणमा ४ इजरायली सेनाको मृत्यु भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानको हरेक क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएका थिए। उनको चेतावनी लगतै इजरायली सेनाले आक्रमण गरे
हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते

    प्रकाशित मितिः २७ आश्विन २०८१, आईतवार २१:५१
दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् । 'हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय बजार) मा लडाकु विमानहरूले बमबारी गर्दा उक्त घटना भएको हो,' स्थानीय स्वयंसेवी दक्षिण खार्तूम आपतकालीन समूहले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ । 'घाईतेहरूलाई उपचारका ल