☰ open Loading... 5 June 2025|  

विकास

कर्णाली सरकारको खर्च ३५ प्रतिशत

कर्णाली सरकारको खर्च ३५ प्रतिशत

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०८:४२
जेठ पहिलो सातासम्म कर्णाली प्रदेश सरकारको खर्च ३५ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि जेठ १० गतेसम्म कर्णाली प्रदेशको खर्च प्रगति ३५.२८ प्रतिशत छ । गत वर्ष यो समयमा ३०.६७ प्रतिशत खर्च थियो । सरकारले यो वर्ष ११ अर्ब ८ करोड १७ लाख ८५ हजार खर्च गरेको छ । जेठ १० गतेसम्म कर्णाली प्रदेश सरकारको खर्च प्रगति ३५ प्रतिशत हाराहारी भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचन
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १०:११
यहाँको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ। नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो। केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो। हाल हुम्लामा दुई वटा ३३/३३ केभि क्षमताका सबस्टेसन बनिरहेका छन्। सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका यी दुवै सबस्टेसन निर्मा
कर्णाली करिडोर चार दिन बन्द

कर्णाली करिडोर चार दिन बन्द

    प्रकाशित मितिः १७ जेष्ठ २०८२, शनिबार १६:३४
कर्णाली करिडोरको खुलालु-लालीघाट सडकखण्ड मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। यो बाटो हुँदै यात्रा गर्ने कालीकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटको सूचनाअनुसार शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ जनक शर्माले बताए। उनका अनुसार जेठ २० गते बिहानदेखि २४ गते
बजेटमा कर्णाली : जलविद्युत्, पर्यटन र सडक पूर्वाधारमा जोड

बजेटमा कर्णाली : जलविद्युत्, पर्यटन र सडक पूर्वाधारमा जोड

    प्रकाशित मितिः १६ जेष्ठ २०८२, शुक्रबार ०५:३२
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्णाली प्रदेशका लागि जलविद्युत्, पर्यटन र सडक पूर्वाधारमा बजेट विनियोजन गरेको छ। बजेटमा पुराना योजनामा बजेट थपेर कामको निरन्तरता दिएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्षभित्र कर्णालीको विद्यमान विद्युत् समस्या समाधान गर्नेगरी काम गरिने बताए। बजेट
सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

    प्रकाशित मितिः ९ जेष्ठ २०८२, शुक्रबार १४:११
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ । पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब किसानको खेतसम्म पुर्‍याउन शाखा नहर निर्माण सुरु गरिएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए । उनका अनुसार राप्ती सोनारी गाउँपालिका–४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम सुरु गरिएको छ । उक्त शाखा नहरको लम्बाइ चार किलोमिटर
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

    प्रकाशित मितिः ३० बैशाख २०८२, मंगलवार १७:३९
पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण बनाउन पर्यटन व्यवसायी एवं स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् । काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले आयोजित पर्यटन व्यवसायीहरूको रारा भ्रमणका क्रममा मुगुको सल्लेरीमा गरिएको अन्तक्र्रियाका वक्ताहरूले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गरिनुका सा
कर्णाली राजमार्गको सिस्ने-साइगाउँ खण्ड दैनिक ८ घण्टा बन्द हुने

कर्णाली राजमार्गको सिस्ने-साइगाउँ खण्ड दैनिक ८ घण्टा बन्द हुने

    प्रकाशित मितिः २९ बैशाख २०८२, सोमबार १५:१३
कर्णाली राजमार्गअन्तर्गत सिस्ने–साइगाउँ सडकखण्डमा सोमबारदेखि दैनिक ८ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ । यही बाटो हुँदै आवतजावत गर्ने अछाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला र बाजुरालगायतका नागरिकलाई सास्ती हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना प्रकाशित गर्दै सडक निर्माण कार्यका कारण यो निर्णय गरिएको जानकारी गराएको हो । प्रशासनका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म र द
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम

ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम

    प्रकाशित मितिः २७ बैशाख २०८२, शनिबार २०:१२
केही दिन अघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरेका नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ उर्फ कान्छारामको निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएका वीरेन्द्रनगरका १५ वटा सडकको काम अझै पूरा हुन सकेको छैन । दोस्रो पटक थपिएको म्याद सकिएको पाँच महिना बितिसक्दा पनि उक्त कम्पनीले सडक निर्माणको काममा तदारुकता नदेखाएको हो । तामाङले ०७९ फागुन
डुंगेश्वर गाउँपालिकाको केन्द्रसम्म कालोपत्रे हुँदै

डुंगेश्वर गाउँपालिकाको केन्द्रसम्म कालोपत्रे हुँदै

    प्रकाशित मितिः २५ बैशाख २०८२, बिहीबार ११:१५
दैलेखको डुंगेश्वर गाउँपालिका मुकामसम्म कालोपत्रे हुने भएको छ। कर्णाली प्रदेश प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमले माथिल्लो डुंगेश्वरदेखि डुंगेश्वर गाउँपालिका मुकाम डाँडाँपराजुलसम्म कालोपत्रे गर्ने भएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक समाहरोहका बीच कालोपत्रेको शिलान्यास गरेका छन्। विश्व बैंकको ऋण सहायतामा संचालन हुने गरी संघ सरकारको समन्वय तथा स्थानीय तहको सहयोगमा प्रद
जलस्रोत मन्त्रालयका एक हजार १६ योजना कार्यान्वयनमा

जलस्रोत मन्त्रालयका एक हजार १६ योजना कार्यान्वयनमा

    प्रकाशित मितिः २२ बैशाख २०८२, सोमबार ११:५४
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १ हजार २७३ योजनामध्ये १ हजार १६ योजनामा सम्झौता गरी काम सुरु गरेको छ। तेस्रो चौमासिक प्रगति समीक्षा सार्वजनिक गर्दै मन्त्रालयले २५७ योजना सम्झौताको क्रममा रहेको जनाएको छ। रुकुम पश्चिम र सुर्खेत योजना कार्यान्वयनमा कमजोर देखिएका छन्। रुकुम पश्चिममा १६४ योजनामध्ये ११७ योजना सम्झौता भएको मन्त्रालयका सूचना अधिकारी विपिन ज्ञवालीले जानकारी दिए। सुर