☰ open Loading... 8 November 2025|  

विप्लव जुम्ला सेक्रेटरीसहित दुई पक्राउ
  | ६ श्रावण २०७६, सोमबार १७:२३

सुर्खेत । प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्य जुम्लाका अनुसार शाही सहित युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी सिताराम रिजालका अनुसार विशेष सूचनाका आधारमा आज हिमा गाउँपालिकाको धाँचुगाउबाट पक्राउ गरेको हो।

उनीहरुको साथबाट पार्टीका पर्चापम्पलेट, सदस्यता पत्र र विभिन्न दस्तावेजहरु समेत फेला पारेको छ। दुई साता अघि तिलागाउपालिका र चन्दननाथ नगरपालिकामा तालाबन्दी गरेपछि विप्लवका गतिविधि विरुद्ध प्रहरीले उच्च निगरानी बढाएको छ।